ग्लोबल टिभि
0
कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा पेरुलाई हराउँदै कोलम्बियाले तेस्रो स्थान सुरक्षित गरेको छ । शनिबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३–२ ले पराजित गरेको हो ।
ब्रासिलियामा भएको खेलमा पहिले अग्रता पेरुले लिएको थियो । यसीमार योतुनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । तर अग्रता लामो समय टिकेन ।
दोस्रो हाफको शुरुमै कोलम्बियाले बराबरी गोल फर्कायो । जुवान क्वाड्राडोले ४९औं मिनेटमा बराबरी गोल गरे । लुईस डियाजले ६६ औं मिनेटमा कोलम्बियालाई २–१ को अग्रता दिलाएका थिए । खेल सकिन ८ मिनेट अघि जियानलुका लापादुलाले खेल बराबरीमा ल्याएका थिए । इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए ।
कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना आईतबार बिहान भिड्दैछन् ।
Post Views: 1,498
Leave a Reply