अस्ट्रेलियासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज १८ रनले विजयी भएको छ ।
एक सय ४६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १६ ओभरमा अलआउट हुँदै १ सय २७ रनमा समेटियो ।
उसका लागि मिचेल मार्शले अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । त्यस्तै खेलमा म्याथ्यु वाडेले ३३ रन जोडे ।
वेस्ट इन्डिजका ओवेद म्याककोयले ४ तथा हेडन वाल्सले ३ फविएन एलेनले २ र आन्द्रे रसेलले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । खेलमा वेस्ट इन्डिजका आन्द्रे रसेलले अर्धशतक बनाए । अस्ट्रेलियाका जोश हेजलवुडले तीन र मिचेल मार्शले दुई विकेट लिए ।
जितसँगै पाँच खेलको टी–ट्वान्टी श्रृङ्खलामा वेस्ट इन्डिज एक–शून्यले अघि भएको छ । पाँच टी–ट्वेन्टी र तीन खेलको एक दिवसीय खेल्न अस्ट्रेलिया वेस्ट इन्डिज भ्रमणमा छ ।
Leave a Reply