पहिलो हाफमा अर्जेन्टिनाको अग्रता

 ग्लोबल टिभि      आइतवार, असार २७, २०७८      0

कोपा अमेरिका फुटबलको फाइनलमा अहिले ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा चलिरहेको छ । माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले १–० गोलको अग्रता बनाएको छ ।

खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे ।

बल पोसेसनमा पकड जमाएपनि ब्राजिलले पहिलो हाफमा गोल फर्काउन सकेन । आज दुबै टिम उपाधि उचाल्ने योजनामा रहेका छन् ।

ब्राजिल पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *