एकदिवसीय सिरिजमा इंग्ल्यान्डको अग्रता

 ग्लोबल टिभि           0

पाकिस्तानसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला एक खेल अगाडि नै इङ्ग्ल्यान्डले जितेको छ । लड्र्समा भएको दोस्रो एक दिवसीयमा पाकिस्तानलाई ५२ रनले हराउँदै इङ्ग्ल्यान्डले श्रृङ्खला जितेको हो। इङ्ग्ल्यान्डले २–० को अग्रता बनाएको छ ।

इङ्ग्ल्यान्डले दिएको २ सय ४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तान ४१ ओभरमा अलआउट हुँदै १ सय ९५ रनमा समेटियो । पाकिस्तानका लागि साउद शकिलले ५६ रनको अर्धशतकीय पारी खेले पनि जिताउन सकेनन् । इङ्ग्ल्यान्डका लेविस ग्रेगोरीले ३ विकेट लिए । त्यस्तै क्रेग ओभर्टन, सकिब मोहमुद र माट पार्किनसनले २र२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ४५ ओभर २ बलमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो । इङ्ग्ल्यान्डका फिल साल्टले ६० रन तथा जेम्स भिन्सले ५६ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका हसन अली एक्लैले ५ विकेट लिए ।

हरिस राउफले २ विकेट लिए । दुई टोलीबीचको अन्तिम तथा तेस्रो एकदिवसीय मंगलवार हुनेछ । तीन खेलको एक दिवसीय र तीन खेलको टी–२० शृङ्खला खेल्न पाकिस्तान इङ्ल्यान्ड भ्रमणमा रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *