बेरेटिनीलाई हराउँदै जोकोभिचले जिते विम्बल्डन टेनिसको उपाधि

 ग्लोबल टिभि           0

विश्व नम्बर १ सर्बियाली खेलाडी नोभाक जोकोभिचले २०औं ग्रान्डस्लाम उपाधि जितेका छन्।

यसक्रममा उनले सर्वाधिक ग्रान्डस्लाम जित्ने कीर्तिमानका लागि रोजर फेडेरर र राफेल नाडालको बराबरी गरेका छन्।

जोकोभिचले विम्बल्डनको पुरुष एकल फाइनलमा सातौं वरीयताका इटालीका खेलाडी म्याटिओ बेरेटिनीलाई ६–७ ९४र७०, ६–४, ६–४ र ६–३ को सेटमा पराजित गरे। उनको यो छैटौँ विम्बल्डन उपाधि हो।

यस उपलब्धिपछि जोकिोभिच सर्वकालीन महान टेनिस खेलाडीको सूचीमा पनि परेका छन्।

पहिलो सेट गुमाएपछि जोकोभिचले शानदार खेल प्रदर्शन गरेका थिए। जोकोभिचले ६ पटक विम्बल्डन जितेसँगै ९ प६टक अस्ट्रेलियन ओपन, २ पटक फ्रेन्च ओपन र ३ पटक यूएस ओपन जितेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *