इङ्ग्ल्यान्डले पाकिस्तानसँगको तीन खेलको एक दिवसीय श्रृङ्खला क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै इङ्ग्ल्यान्डले क्लिनस्विप गरेको हो । जितका लागि ३ सय ३२ रनको लक्ष्य पछ्याएको घरेलु टोली इङ्ग्ल्यान्डले ४८ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।
इङ्ग्ल्यान्डका जेम्स भिन्सले १ सय २ रनको शतकीय पारी खेले । लुइस ग्रेगरीले ७७ रनको योगदान दिए । पाकिस्तानका हरिस रौफले ४ विकेट लिए । शादब खानले २ र हसन अलीले एक विकेट लिए । बर्मिंघममा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३१ रन बनाएको थियो ।
बाबर आजमले १ सय ५८ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । इमाम उल हकले ५६ रन जोडे । इङ्ग्ल्यान्डका ब्रायडन क्रसेले ५ विकेट लिए । सकिब मोहम्मदले ३ विकेट लिए । पहिलो खेलमा पाकिस्तान १८ रन र दोस्रो खेलमा ५२ रनले पराजित भएको थियो । पाकिस्तान र इङ्ग्ल्यान्डबीच शुक्रवारदेखि तीन खेलको ट्वान्टी ट्वान्टी श्रृङ्खला पनि हुनेछ ।
Leave a Reply