आर्सनल बराबरीमा रोकियो

 ग्लोवल टि.भी.      आइतवार, साउन ३, २०७८      0

इंग्लिस प्रिमियर लिग क्लब आर्सनल मैत्रीपूर्ण खेलमा स्कटिस क्लब रेन्जर्स एफसीसँग बराबरीमा रोकिएको छ।

शनिबार भएको मैत्रीपूर्णमा आर्सनलले रेन्जर्ससँग २-२ गोलको बराबरी खेलेको हो। घरेलु टोलिविरुद्ध दुई पटकको अग्रता उल्टाएर आर्सनलले बराबरी खेलेको हो।आइब्रोक्स स्टेडियममा खेलको १४ औं मिनेटमा लिओन बालोगुनले गोल गर्दै रेन्जर्सलाई अग्रता दिलाए।

खेलको २३ औं मिनेटमा नुनो ताभरेसले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ७५ औं मिनेटमा सेड्रिक इट्टेनले गोल गर्दै रेन्जर्सलाई २-१ को अग्रता दिलाए। तर, खेलको ८३ औं मिनेटमा आर्सनलका एड्वार्ड एनकेटीयाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै टिमलाई हारबाट जोगाए।

प्रि-सिजनको तयारी अन्तर्गत आर्सनलले रेन्जर्ससँग मैत्रीपूर्ण खेल खेलेको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *