टोकियो ओलम्पिक :  जापान शीर्षमा यथावत

 ग्लोबल टिभि      बिहिबार, साउन १४, २०७८      0

विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिक जापानमा जारी छ । राजधानी टोकियोमा जारि ओलम्पिक अन्तर्गत बुधबारसम्म कुल ९५ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

ओलम्पिकको छैटौं दिन सकिदा पदक तालिकामा आयोजक जापानले अग्रता कायमै राखेको छ । अमेरिका र चीनलाई पछि पार्दै जापान पदक तालिकाको शीर्ष स्थानमा रहेको हो ।

जापानले १३ स्वर्ण पदकसहित कुल २२ पदक जितेको छ । चीन १२ स्वर्णसहित कुल २७ पदक जित्दै दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा झरेको अमेरिकाले ११ स्वर्णसहित कुल ३१ पदक जितेको छ ।

रसियन ओलम्पिक टिम ७ स्वर्णसहित कुल २३ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलिया ६ स्वर्णसहित कुल १६ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै ग्रेट ब्रिटेनले ५ स्वर्ण जित्दा दक्षिण कोरियाले ४ तथा जर्मनी र फ्रान्सले ३र३ स्वर्ण पदक हात पारेका छन् । २ स्वर्ण जित्नेमा नेदरल्यान्ड्स, क्यानडा, हंगेरी, स्लोभानिया र कोसोभो रहेका छन् ।

त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या २१ रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *