ए डिभिजन लिगः दुई महिना सर्यो

 ग्लोबल टिभि      आइतवार, साउन १७, २०७८      0

शहीद स्मारक ए डिभिजन लिगको झण्डै दुई महिना पछि सरेको छ ।

यसअघि असोज ३ देखि हुने तय भएको प्रतियोगिता अब कात्तिक २९ अर्थात नोभेम्बर १५ देखि हुने भएको छ ।आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरुबीच भएको छलफलले प्रतियोगिता पछाडि सार्ने निर्णय गरेको हो ।

आउँदो अक्टोबरमा साफ च्याम्पियनसिप आयोजना गर्नुपर्ने भएपछि घरेलु लिग पछि सारिएको एन्फाले बताएको छ ।यसैगरी यस वर्ष लिग विजेताले ७५ लाख रुपैयाँ पाउने भएको छ । यसअघि विजेताले ५० लाख रुपैयाँ पाउने तय भए पनि आइतबारको बैठकले पुरस्कार राशी बढाउने निर्णय गरेको एन्फाले बताएको छ।

त्यस्तै उपवेजताले ५० लाख, तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउनेछन् । लिग तयारीका लागि क्लबहरुलाई एन्फाले २० लाख रुपैयाँ दिनेछ ।१४ क्लबबीच सिंगल राउन्ड रोविनमा हुने लिगको पुछारमा रहने दुई टिम बी डिभिजनमा घटुवा हुनेछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *