पूर्व कप्तान पारस खड्काले खेल जीवनबाट विश्राम लिए

 ग्लोबल टिभि      मङ्लबार, साउन १९, २०७८      0

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले दुई दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट विश्राम लिएका छन् ।

सन् २००९ देखि १२ वर्षसम्म राष्ट्रिय टोली सम्हालेका उनी सफल कप्तान हुन् । आईसीसी डिभिजन ५ बाट टी–२० विश्वकप हुँदै एकदिवसीय मान्यता प्राप्त गर्ने राष्ट्र बनाउन उनले कप्तानीको महत्वपूर्ण भूमिका खेलेका छन् ।

२८ असोज २०७६ मा कप्तानबाट राजीनामा दिएका पारसले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय खेलबाट पनि सन्यास लिने घोषणा गरेका हुन् ।

अब क्रिकेट संघतिर जाने संकेत गरेका छन् । क्रिकेट संघको निर्वाचन २०८० मा हुनेछ, तर संघको विधानमा चुनावमा जान खेलाडीले दुई वर्ष क्रिकेट छाडेको हुनुपर्ने व्यवस्था छ । सन्यास लिँदा पारसले यो समय पनि मिलाएको देखिन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *