ग्लोबल टिभि
0
जापानमा जारी टोकियो ओलम्पिकमा मंगलबारसम्म पदक तालिकामा चीनको अग्रता कायमै छ।चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थानको अग्रता कायम राखेको हो ।
चीनले ३२ स्वर्ण पदकसहित कुल ६९ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले २४ स्वर्ण पदकसहित कुल ७३ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले १९ स्वर्णसहित कुल ३६ पदक जितेको छ ।
अष्ट्रेलिया १४ स्वर्णसहित ३३ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक टिमले १३ स्वर्णसहित कुल ५२ पदक जितेर पाँचौं स्थानमा रहेको छ । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ’टोकियो ओलम्पिक’ जापानमा जारी छ ।
टोकियोमा जारी ओलम्पिकको ११ औं दिनको खेल सकिदा २२६ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ५७ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
Post Views: 1,036
Leave a Reply