प्रिमियर लिग फुटबलमा लिभरपुलको विजयी सुरुवात

 ग्लोबल टिभि      आइतवार, साउन ३१, २०७८      0

लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।शनिबार राति भएको खेलमा नर्विच सिटीलाई ३–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो ।

नर्विचको मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले एक एक गोल गरे ।खेलको २६ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।६५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दा लिभरपुल २–० ले अघि रह्यो ।त्यसपछि खेलको ७४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३–० को जित दिलाए ।

नर्विचविरुद्ध गोल गरेसँगै सलाहले प्रिमियर लिगमा कीर्तिमान बनाएका छन् । सलाहले लगातार पाँच सिजनको पहिलो खेलमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।जितसँगै लिभरपुलले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ ।नर्विचले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *