ग्लोवल टि.भी.
शनिबार, भदौ ५, २०७८
0
नेपालको फिफा महिला वरीयता खस्किएको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।नयाँ वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ ।
अघिल्लो पटकको वरीयतामा नेपाल १०० औं स्थानमा रहेको थियो ।एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ ।यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ ।
नेपाल भन्दा अघि रहेको भारत ५७ औं स्थानमा रहेको छ ।विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै स्विडेन दोस्रो स्थानमा उक्लदा जर्मनी तेस्रो स्थानमा झरेको छ ।
नेदरल्यान्ड्स चौंथो र फ्रान्स पाँचौं स्थानमा रहेको छ ।त्यस्तै क्यानडा छैठौं, ब्राजिल सातौं, इंग्ल्यान्ड आठौं, उत्तर कोरिया नवौं र स्पेन १० औं स्थानमा रहेको छ ।
Post Views: 820
Leave a Reply