जापानमा आयोजना हुने टोकियो पारालिम्पिक खेलकुद आज मंगलबारबाट सुरु हुँदैछ ।टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो पारालिम्पिकको उद्घाटन हुनेछ ।
टोकियो पारालिम्पिकमा ४ हजार ४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।यस पटक १ सय ६२ राष्ट्रका खेलाडीले ५ सय ३९ पदकको लागि प्रतिस्पर्धा गर्ने छन् ।टोकियो पारालिम्पिकमा २२ खेल समावेश गरिएको छ ।नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्दैछिन् ।पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।
पारालिम्पिकमा सहभागिता जनाउन १ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली टोकियो पुगिसकेका छन् ।पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, दीपक विष्ट अफिसियल, सरोज श्रेष्ठ सेफ दि मिसन, डा। दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी भएका छन् ।
Leave a Reply