ग्लोवल टि.भी.
बिहिबार, भदौ २४, २०७८
0

बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा नेपालले २–० गोलको अग्रता बनाएको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले २–० को अग्रता बनाएको हो ।
पहिलो हाफमा नेपालका लागि डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरिन् ।खेलको १४ औं मिनेटमा डेब्यु खेलाडी सबिताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । उनले पुजा रानाको क्रसमा हेड गोल गरिन् ।त्यसपछि खेलको २३ औं मिनेटमा सरु लिम्बुको पासमा प्रितीले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएकी हुन् ।
Post Views: 273

Leave a Reply