बंगलादेशसँगको मैत्रिपूर्ण महिला फुटबलमा नेपाल २–१ ले विजयी

 ग्लोवल टि.भी.      बिहिबार, भदौ २४, २०७८      0

बंगलादेशसँगको पहिलो मैत्रिपूर्ण महिला फुटबलमा नेपाल दुई–एकले विजयी भएको छ ।

काठमाडौँको दशरथ रंगशालामा बिहीवार साँझ सम्पन्न खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको हो ।

खेलको १४औँ मिनेटमा सविता रानाले गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् । २४औं मिनेटमा प्रीति राईले खेलमा नेपाली टोलीको अग्रता दोब्बर बनाइन् । दुवै खेलाडीले डेब्यू गोल गरेका हुन् ।

बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काइन् । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *