पीएनजीसँगको दोस्रो एकदिवशीय खेल आज, पहिलो पटक एकदिवसिय क्रिकेटमा डे नाइट खेल्दै

 ग्लोवल टि.भी.      शुक्रबार, भदौ २५, २०७८      0

नेपालले पपुवा न्युगिनीसँग दोस्रो एकदिवशीय क्रिकेट आज खेल्दैछ ।

पहिलो खेलमा दुई विकेटमो जित हासिल गरेको नेपाल आजको खेल पनि जितेर शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ ।

यो खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजेदेखि सुरु हुनेछ ।

ट्वान्टी–२० विश्वकप र आईसीसी विश्व क्रिकेट लिग टूको तयारीमा रहेको पीएनजीले नेपाल र अमेरिकासँग २÷२ खेलको शृंखला खेलेको हो ।

त्यसमध्येको अन्तिम खेल आज हुँदैछ । नेपालले पहिलो पटक एकदिवसिय क्रिकेटमा डे नाइट खेल्न लागेको हो ।

नेपालले ट्वान्टी–२० तर्फ सिंगापुरमा जिम्बावेसम्मिलित सिरिजमा डे नाइट खेलेको थियो । तर एकदिवशीय क्रिकेटमा भने पहिलो पटक खेल्न लागेको हो । जुन नेपाली टिमका लागि नयाँ अनुभव हुनेछ । टिमका धेरै खेलाडीले डे नाइट खेलको अनुभव लिन पाएका छैनन् ।

त्रिकोणात्मक सिरिज हुने मैदानमा नै यो खेल हुनेछ ।

नेपालले पीएनजीसँग अहिलेसम्म ५० ओभरको खेलमा पाँच पटक खेलेको छ ।

जसमा तीन खेल पीएनजीले जितेको छ भने दुई खेल नेपालको पक्षमा आएको छ ।

पहिलो पटक यी दुई टिम सन् २००५ मा विश्वकप छनोट अन्तर्गत खेलको थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *