सन्दीप प्लेयर अफ दि म्याच

 ग्लोवल टि.भी.      शनिबार, भदौ २६, २०७८      0

नेपालका लेग स्पिनर सन्दीप लामिछाने पपुवा न्युगिनी ९पीएनजी० विरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा प्लेयर अफ दि म्याच चुनिएका छन् ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा शुक्रबार नेपाललाई १ सय ५१ रनको जित दिलाउन किफायती बलिङ गरेका सन्दीप प्लेयर अफ दि म्याच चुनिएका हुन् ।

सन्दीपले पीएनजीको ६ विकेट लिएका थिए । जसमा सन्दीपले मात्र ११ रन खर्चिए ।सन्दीपको यो करियरकै उत्कृष्ट बलिङ हो । यस अघि सन्दीपको ६ विकेट १६ रन उत्कृष्ट बलिङ फिगर रहेको थियो ।

सन्दीप लगातार दोस्रो खेलमा प्लेयर अफ दि म्याच चुनिएका हुन् ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलेको हो ।नेपालले सिरिजमा २–० ले क्लिन स्विप समेत गरेको छ

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *