पीएनजीले १९.१ ओभरमा सबै विकेट गुमाएर ८२ रन बनायो।
रोहित पौडेल र सन्दीप लामिछाने चम्किएपछि नेपालले पपुवा न्यूगिनी(पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा १५१ रनको कीर्तिमानी जित हात पारेको छ।
ओडिआईमा नेपालले हालसम्म जितेकोमध्ये १५१ रनको जित सबैभन्दा ठूलो जित समेत हो। यसअघि नेपालले यूएईविरुद्ध २०१९ मा १ सय ४५ रनको जित हात पारेको थियो।
शुक्रबार भएको दोस्रो ओडिआईमा नेपालमा दिएको २३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.१ ओभरमा सबै विकेट गुमाएर ८२ रनमा समेटियो।
नेपालका सन्दीप लामिछानेले ६ विकेट लिएपछि पीएनजीले लज्जास्पद हार व्यहोरेको हो।
सन्दीपले ५.१ ओभरमा ११ रनमात्रै खर्चेर ६ विकेट लिएका हुन । जुन उनको करिअरको सबैभन्दा उत्कृष्ट प्रदर्शन समेत हो।
यस्तै सुसन भारी, सोमपाल कामी र विक्रम सोबले १–१ विकेट हात पारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सवै विकेट गुमाएर २३३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेले सर्वाधिक ८६ रन बनाए।
उनले १२३ बल खेल्दै ३ छक्का र २ चौका प्रहार गरे। रोहितको यो ओडिआई करिअरको दोस्रो अर्धशतक समेत हो।
अर्काे साता सोमबारदेखि ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेल्दैछ। सोही त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको हो।
Leave a Reply