पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

 ग्लोबल टिभि      आइतवार, भदौ २७, २०७८      0

नेपाली राष्ट्रिय महिला फुटबल टिमले अहिले बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेलिरहेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको छ ।

पहिलो हाफमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।बंगलादेशले सुरुवातमै गोलको अवसर गुमाएको थियो । छैटौं मिनेटमा गोलकिपर अन्जना रानामगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै पेनाल्टी बक्समा उपलब्ध गराएको मोस्सामत सोप्नाले सुवर्ण अवसर पाएपनि प्रहार गर्न ढिला गर्दा आँफैले फल गर्न पुगेकी थिइन् ।

नवौं मिनेटमा अमृता जैशीको भली प्रहार बंगलादेशकी गोलकिपर रुप्ना चक्माले मुश्किलले नियन्त्रणमा लिईन्।त्यसको केहि समयपछि सरु लिम्बुले डिबक्स बाहिरबाट प्रहार गरेको बल चक्माले डाइभ हान्दै बाहिर पठाएकी थिइन्।

खेलको ३० औं मिनेटमा बंगलादेशकी श्रीमोती सरकारले प्रहार गरेको बल क्रस बारमा लागेर बाहिरिएको थियो ।एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

बिहीबार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो ।नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरेकी थिइन् । बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् ।

एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ।छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *