आईसीसी विश्व कप लिग–२ : भोलि नेपालले अमेरिकासँग खेल्दै

 ग्लोवल टि.भी.      आइतवार, भदौ २७, २०७८      0

आईसीसी विश्व कप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिदेशीय शृङ्खला भोलि सोमवारदेखि सुरु हुँदैछ ।

पहिलो खेलमा भोलि नेपालले अमेरिकासँग खेल्दैछ । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा दिउँसो सवा चार बजे सुरु हुनेछ । त्रिदेशीय शृङ्खलाअघि पपुवा न्युगिनी (पीएनजी) सँग भएका दुवै खेल जितेको नेपाल उच्च मनोबलका साथ खेल्दैछ ।

लिग अन्तर्गत अमेरिकासँग नेपालमा भएका दुवै खेल नेपालले जितेको थियो भने ओमानसँगका दुवै खेलमा पराजित भएको थियो ।शृङ्खलाका सबै खेल एक्शन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने सहमति भएको छ । लिगमा नेपाल चार खेलमा चार अङ्क जोडर नेपाल छैटौँ स्थानमा छ ।

ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *