ग्लोबल टिभि
मङ्लबार, भदौ २९, २०७८
0
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
सिरिजको पहिलो खेलमै अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल सोही लयलाई कायम राख्दै लगातार जितको अपेक्षासहित मैदान उत्रनेछ । नेपाल र ओमानबीचको खेलमा मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
सन् २०२३ मा भारतमा हुने ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग २ मा ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा एक टिमले ९ सिरिजमा कुल ३६ खेल खेल्न पाउनेछ ।
सबै खेलपछि लिग २ को शीर्ष तीनमा रहने राष्ट्रले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
Post Views: 560
Leave a Reply