च्याम्पियन्स लिग फुटबलमा लिभर पुल, म्यानचेस्टर सिटी र रियल म्याड्रिड विजयी

 ग्लोबल टिभि      बिहिबार, भदौ ३१, २०७८      0

च्याम्पियन्स लिग फुटबलमा लिभर पुल र म्यानचेस्टर सिटी र रियल म्याड्रिड विजयी , पीएसजी भने बराबरीमा रोकियो ।

युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्ल्याण्डका लिभर पुल र म्यानचेस्टर सिटी तथा स्पेनको रियल म्याड्रिडले जित दर्ता गर्दा फ्रान्सको पेरिस सेन्ट जर्मेन पीसजी बराबरीका रोकिएको छ ।

ग्एराती समुह बीमा लिभरपुलले इटालीको एसी मिलानलाई तीन दुई गोल अन्तरले हराएको हो । लिभरपुलको घरेलु मैदानमा मोहम्मद सलाह र हेन्डरसनले एक एक गोल गरे भने एक गोल उपहार पायो ।

एसी मिलानका लागि रेबीक र ब्रहिम डियाजले एक एक गोल गरे । यसैगरी समूह एमा साविक उपविजेता म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइपजिकलाई ६–३ गोल अन्तरले हरायो।घरेलु मैदान सिटीका लागि नाथन एकी, रहिम महरेज र ज्याक ग्रेलिसले एक एक गोल गरे। लाइपजिकका लागि क्रिस्टोफरले ह्याट्रिक गरेपनि टिमलाई हारबाट बचाउन सकेनन्। समुह ए मै फ्रान्सको पीसजीलाई बेल्जीयमको क्लब बर्गले १–१ गोलको बराबरीमा रोकेको हो । समूह डीमा रियल म्याड्रिडले इटालीको इन्टर मिलानलाई एक शून्य गोल अन्तरले पराजित गर्यो । स्पेनको एथ्लेटिको म्याड्रिड र पोर्चुगलको एफसी पोर्टाे बीचको खेल बराबरीमा रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *