फुटसल लिग आजबाट, उद्घाटनमा राइजिङ र स्काई भिड्दै

 ग्लोबल टिभि      शनिबार, अशोज २, २०७८      0

राष्ट्रिय ए डिभिजन फुटसल लिग प्रतियोगिता आज शनिबारबाट पोखरामा सुरु हुँदैछ ।पोखराको बहूदेशीय कभर्डहलमा आयोजना हुने लिगमा १० टिमको सहभागिता रहेको छ ।

लिगको उद्घाटन खेलमा आज द राइजिङ क्लब धरान र स्काई गोल काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।आजै हुने दोस्रो खेलमा स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ । म्यान अफ दि म्याचले ५ हजार पाउने छन् ।

एन्फाले यस प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन गरिने जनाएको छ ।उक्त टोलीले एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता खेल्ने छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *