नेपालले आज फिलिपिन्स विरुद्ध खेल्दै

 ग्लोबल टिभि      शनिबार, अशोज २, २०७८      0

एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपालले आज शनिबार फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह एफ को नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । किनकि नेपाली टोली एसियन कपमा छनोट हुने लक्ष्यसहित उज्वेकिस्तानमा रहेका छन् ।

तर, फिफा वरीयतामा ३३ स्थान माथिको फिलिपिन्सविरुद्ध नेपाललाई सहज भने हुनेछैन। महिलाको फिफा वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ । फिलिपिन्स ६८ औं स्थानमा रहेको छ ।

नेपाली टिमकी कप्तान रेनुका नगरकोटीले वरीयताले खेलमा असर नगर्ने बताउछिन् । बलियो टिमलाई हराउन सक्ने टिममा आत्मविश्वास रहेको रेनुकाको भनाइ छ ।

कप्तान रेनुकाले टिमले राम्रो खेल खेलेका एसियन कपमा छनोट हुने मौका रहेको समेत बताईन् ।यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले यस छनोट टिमका लागि चुनौती र अवसर दुबै भएको बताए । उनले दुबै खेलमा टिमले उत्कृष्ट खेल्नेमा विश्वस्त रहेको बताए ।

नेपाली महिला फुटबल टिमको लागि यो एउटा अवसर मात्र हैन । आफ्नो खेल र क्षमता देखाउने अवसर पनि हो । प्रशिक्षक ग्यारीले भने, हामी राम्रो खेल प्रर्दशन गर्नेमा विश्वस्त छौं ।

यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त बिहीबार हुनेछ ।यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *