ग्लोबल टिभि
शनिबार, अशोज २, २०७८
0
एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । शनिबार उज्वेकिस्तानमा भएको खेलमा नेपालले फिलिपिन्ससँग २–१ गोलको हार बेहोरेको हो ।
जेएआर स्टेडियममा खेलको अन्तिम समय जोगिन नसक्दा फिलिपिन्ससँग नेपाल पराजित भएको हो । नेपालले पहिलो हाफमा अग्रता बनाएको थियो । नेपालका लागि खेलको १० औँ मिनेटमा विमला चौधरीले गोल गरेकी थिइन् ।
तर दोस्रो हाफमा फिलिपिन्सले नेपालको अग्रता उल्टाउँदै जित दर्ता गरेको हो । फिलिपिन्सले ९०औँ मिनेटमा बराबरी गोल गरेको थियो भने इन्ज्युरी समयमा अर्को गोल थपेको थियो ।
अहिलेसम्म नेपाल र फिलिपिन्सबीच दुई खेल भएकोमा दुवैमा नेपाल पराजित भएको छ ।
Post Views: 520
Leave a Reply