विश्वकप क्रिकेट लिग–२ : आज नेपालले ओमानसँग खेल्दै

 ग्लोबल टिभि      आइतवार, अशोज ३, २०७८      0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत तीनदेश बीचको एकदिवसीय अन्तराष्ट्रिय श्रृखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपालसामू जित्नै पर्ने दवाव छ । पहिलो खेलमा ओमानसंग पराजित नेपाल आज बदला लिने प्रयासमा हुनेछ । गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

ओमान पनि यो श्रृखलामा नेपालविरुद्ध लगातार दोस्रो जित निकाल्ने रणनीति सहित मैदानमा उत्रने छ । यस्तै नेपाल पनि ओमानसंग लगातार ३ खेलमा पराजयको क्रम भंग गर्नेदाउमा रहेको छ । लिग–२ को सिरिज अन्तर्गत नै २०२० को फेब्रुअरीमा भएको दुई खेलमा ओमानले नेपाललाई हराएको थियो । जारी श्रृखलामा नेपालको यो अन्तिम खेल हो । श्रृंखलाका ४ मध्ये नेपालले ३ खेलमा १ मात्र जित हासिल गरेको छ । पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

तर, दोस्रो खेलमा ओमानसँग तथा तेस्रो खेलमा अमेकिासंग हारिसकेको छ । लिग–२ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ । ओमान १२ खेलमा २० अंकसंगै पहिलो तथा १५ खेलमा १४ अंक जोडेर अमेरिका दोस्रो स्थानमा छन । सात टोली रहेको लिग–२ मा एक टोलीले ९ श्रृंखलामा कुल ३६ खेल खेल्ने छन् । लग–२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *