पूर्वकप्तान खड्का र उप–कप्तान ऐरीले चौथो संस्करणको ईपीएल नखेल्ने

 ग्लोबल टिभि      मङ्लबार, अशोज ५, २०७८      0

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र उप–कप्तान दिपेन्द्रसिंह ऐरीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् ।

यही असोज ९ गतेदेखि शुरु हुने प्रतियोगिताका लागि आयोजक ईपीएल प्रालिले मंगलबार सार्वजनिक गरेको ६ वटै ईपीएल खेल्ने टिमको खेलाडी सूचीमा पारस नपरेका हुन्् । पारसले यसअघि विराटनगर वारियर्सबाट खेल्ने गरेका थिए । पारसकै कप्तानीमा विराटनगरले २०१७ मा ईपीएलको उपाधि जितेको थियो ।पारसले दुई महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि घरेलु क्रिकेट खेल्ने बताएका थिए । यद्यपि, उनले इपीएल नखेल्ने भएका छन् ।

यस्तै काठमाडौं किंग्स एघारमा अनुबन्ध भएका नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि ईपीएल नखेल्ने भएका छन् । नेपाली राष्ट्रिय टिमसँग ओमान भ्रमणका क्रममा दिपेन्द्र घाइते भएका थिए ।उनले ओमान टुरमा नेपालको सबै खेल गुमाएका थिए । चोटका कारण केही हप्ता विश्राम गर्नुपर्ने भएकोले दिपेन्द्रले ईपीएल नखेल्ने भएका हुन् ।चौथो संस्करणको ईपीएल आगामी शनिबारदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ ।

उद्घाटन खेलमा साविक विजेता लतिपुर प्याट्रिओट्सले काठमाडौं किंग्स ११ सँग खेल्नेछ । फाइनल खेल असोज २३ गते हुनेछ ।इपीएलको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *