आईसीसीमा छलाङ मार्दै सन्दिप

 ग्लोबल टिभि      बिहिबार, अशोज ७, २०७८      0

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा बलिङतर्फ नेपालका सन्दिप लामिछानेले छलाङ मारेका छन्।

एकसाता अघि पहिलो पटक शिर्ष १सय भित्र परेका सन्दीप पछिल्लो वरियतामा १२ स्थान सुधार गर्दै ७९ औं स्थानमा पुगेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा शिर्ष एकसय भित्र पर्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन्।

सन्दीप सँगै ७९ औं वरियतामा बंगलादेशका तिब्र बलर रुबेल हुसेन समेत छन् । सन्दीपले भारतीय खेलाडी हार्दिक पान्ड्या, अस्ट्रेलियाका मिचेल मार्श, मार्कुस स्टोइनिस, लगायत खेलाडीलाई पछि पारेका छन्। ओमान जानु अघि सन्दीप १ सय २८ औं स्थानमा थिए। ओमान भ्रमणमा सन्दीपले पपुवा न्यु गिनीसँग दुई खेलमा १० तथा ओमान र अमेरिकासंगका३ खेलमा ८ विकेटलिएपछि वरियतामा सुधार आएको हो ।

२०२१ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने सूचीमा सन्दीप तेश्रो स्थानमा छन। उनले यो वर्ष ६ खेलमा ५ इनिङ खेल्दै १८ विकेट लिईसकेका छन्। श्रीलंकाका दुश्मन्था चमिरा २० विकेट तथा आयरल्याण्डका सिमि सिंह १९ विकेटका साथ अघि रहेका छन्। बंगलादेशका पेसर मुस्तफिजुर रहमानले पनि सन्दिपको समान १८ विकेट लिएका छन्। एकदिवसीय वरियताको बलीङ तर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्ट पहिलो, अष्ट्रेलियाका जोज हाजलउड दोस्रो र अफगानीस्तानका मुजिबउर रहमान तोस्रो स्थानमा छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *