नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

 ग्लोबल टिभि      बिहिबार, अशोज ७, २०७८      0

एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएकोछ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले महिला फुटबल टोलीलाई स्वागत गरेका थिए । प्रतियोगितामा समूह ‘एफ’ मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । दोस्रो चरणमा गएको मङ्गलवार भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबर भएपछि समूह चरणबाटै बाहिरिएको हो ।

नेपालले छनोट चरणमा दुई खेल खेलेकामा पहिलो चरणमा फिलिपिन्ससँग दुई–एक गोल अन्तरले पराजित भएको थियो ।दुई खेलमा नेपाले एक अङ्कमात्र जोडेकाले अङ्क तालिकाको अन्तिम स्थानमा पुगेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *