स्पेनिस ला लिगा : बार्सिलोना क्याडिजसँग बराबरीमा रोकियो

 ग्लोबल टिभि      शुक्रबार, अशोज ८, २०७८      0

स्पेनिस ला लिगाको उपाधि दावेदार बार्सिलोना क्याडिजसँग बराबरीमा रोकिएको छ । क्याडिजको घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो ।

बार्सिलोना ६५औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । फ्रान्की डि जोङ रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना दबाबमा परेको हो । जारी सिजन खराब नतिजाबाट गुज्रिएको बार्सिलोनाको यो लगातार दोस्रो बराबरी हो ।

अघिल्लो खेलमा पनि बार्सिलोना ग्रानाडासँग आफ्नै मैदानमा १–१ गोलको बराबरीमा रोकिएको थियो ।गत सिजनमात्र शीर्ष डिभिजनमा उक्लिएको क्याडिजलाई बार्सिलोनाले हराउन सकेको छैन । गत सिजन पहिलो खेलमा बार्सिलोना क्याडिजसँग २–१ गोलले पराजित भएको थियो । अर्को खेलमा १–१ गोलको बराबरीमा रोकिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *