किंग्स इलेभेन काठमाडौँको ईपीएल खेल्ने टोली र जर्सी सार्वजनिक

 ग्लोवल टि.भी.      शुक्रबार, अशोज ८, २०७८      0

किंग्स इलेभेन काठमाडौँले ईपीएल खेल्ने टोली र जर्सी सार्वजनिक गरेको छ ।

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणमा पाकिस्तानका पूर्वकप्तान शाहीद अफ्रिदीलाई समेटर बनाएको टोली आजसार्वजनिक गरिएको हो । कार्यक्रममा किग्स इलेभनका कप्तान सन्दिप लामिछानेले अफ्रिदीजस्ता अनुभवी खेलाडीको कारण टोलीले सुखद नतिजा दिने बताए ।

आफ्रिदिको अनुभवले टोलीलाई राम्रो खेल्न सहयोग पुग्ने बताए । किग्स इलेभन काठमाडौँको टोलीमा ४ जना विदेशी खेलाडी सहित नेपाली क्रिकेट खेलाडी अमित श्रेष्ठ,सवास खकुरेल,राजु रिजाल, शेरमल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख,दिपेन्द्र रावत, जितेन्द्र मुखिया,आशाक चन्द,अमरसिंह रौटेला र गुल्शन झा रहेका छन् । यस्तै विदेशी खेलाडीमा अफ्रिदीसहित जनक प्रकाश,रेयान ब्रुल र रहमानउल्ला गुरबाज रहेका छन् ।

किग्स इलेभन काठमाडौले शनिबार अघिल्लो संस्करणको बिजेता ललितपुर पेट्रियोटस् विरुद्ध खेल्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *