लेवाण्डीस्कीले जिते फिफा ‘द बेस्ट’ अवार्ड

 ग्लोबल टिभि      शुक्रबार, पुस ३, २०७७      0

विश्व फूटबलका चर्चित दुई खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवाण्डीस्कीले फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् ।

बायर्नका लागि उत्कृष्ट प्रदर्शन गरेका पोलिस फरवार्ड लेवाण्डीस्कीले उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् । उनकै गोलको आधारमा बायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो ।

लेवाण्डीस्कीले बार्यनका लागि सबैभन्दा धेरै गोलसमेत गरेका थिए । पोल्याण्डका ३२ वर्षीय लेवान्डोस्कीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै फिफा वर्ष खेलाडी चुनिएका हुन्। गएको सिजन लेवान्डोस्कीले बायर्न म्युनिकबाट ४७ खेलमा ५५ गोल गरेका थिए।

त्यस्तै, बुधबार रातिमात्रै वुल्फबर्गलाई २–१ पराजित गर्दा लेवान्डोस्कीले २५० गोल पूरा गरेका थिए। बुन्डेस लिगामा उनी सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो नम्बरमा पर्छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *