साफ च्याम्पियनसिप लागि नेपाली टिमको घोषणा

 ग्लोवल टि.भी.      आइतवार, अशोज १०, २०७८      0

माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ ।

आगामी आगामी अक्टोबर १ देखि १६सम्म हुने साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।साफको तयारीका लागि हाल कतारमा रहेको २५ जनाको टोलीबाट गोलकिपर विकेश कुथु र डिफेन्डर राजन गुरुङ भने टिममा परेका छैनन् ।

हाल नेपाली राष्ट्रिय फुटबल टिम बन्द प्रशिक्षणका लागि कतारमा छ । टोली उतैबाट माल्दिभ्स जानेछ ।साफको तयारीस्वरुप नेपालले आइतबार कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *