ईपीएल : काठमाण्डौ किङ्ग्स इलेभेन र पोखरा राइनोजबीचको खेल स्थगित

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज १२, २०७८      0

एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत आज मङ्गलवार हुने भनिएको काठमाण्डौ किङ्ग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ ।

आज बिहान सवा १२ बजे खेल सुरु हुने तालिका रहे पनि मैदान ओसिलो भएका कारण सुरु हुन नसकेकोमा दिउँसो फेरि पानी परेपछि खेल स्थगित भएको हो । वर्षाका कारण हिजो सोमवार पनि दुवै खेल स्थगित भएका थिए ।

हिजो स्थगित भएका काठमाण्डौ र विराटनगर तथा भैरहवा र चितवनबीच नयाँ मितिमा खेल हुने आयोजक ईपीएल प्रालीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *