१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो खेलमा श्रीलङ्कासँग खेल्दैछ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । उपाधि जित्ने अभियानमा रहेको नेपाल नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्ने प्रयासमा छ ।
नेपाली कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुने र सजिलो नहुने पनि चेम्जोङले स्वीकारेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने श्रीलंकाविरुद्ध जित नभए कम्तिमा एक अंक बटुल्ने अपेक्षा गरेको बताएका छन् ।
नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । नेपाल तीन अंक जोडेर शीर्ष स्थानमा रहेको छ । श्रीलंका पनि भने पहिलो जित निकाल्ने योजनामा रहेको छ । श्रीलंका पहिलो खेलमो बंगलादेशसंग १–० ले पराजित भएको थियो । साफ अन्तर्गत नै सोमबार हुने पहिलो खेल भारत र बंगलादेशबीचको खेल अपरान्ह पौने पाँच बजे हुनेछ ।
Leave a Reply