ईपीएल टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै

 ग्लोवल टि.भी.      सोमवार, अशोज १८, २०७८      0

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् । किर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्सबीचको प्रतिस्पर्धा बिहान साढे ९ बजे सुरु हुनेछ ।

४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको चितवन क्वालिफायरमा प्रवेश गरिसकेको छ । यसैगरी भैरहवा पनि प्ले अफमा पुगिसकेको छ । भैरहवा ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमो छ आजै दोस्रो खेलमा काठमाडौं किङ्स–११ र पोखरा राइनोजबीचको खेल साढे १ बजे सुरु हुनेछ ।

पोखराले ४ खेलमा ५ अंक जोडेको छ । काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन् । इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् ।

क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *