ईपीएल : भैरहवा ग्लाडियटर्स ६ विकेटले बिजयी

 ग्लोबल टिभि      सोमवार, अशोज १८, २०७८      0

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी-ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई हराएको छ ।

टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा भैरहवाले चितवनलाई ६ विकेटले हराएको हो । चितवनले दिएको १ सय ६५ रनको लक्ष्य भैरहवाले १७ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

भैरहवाको जितमा प्रदिप ऐरीले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४३ बलमा तीन छक्का र ८ चौका प्रहार गरे । त्यस्तै तमिम इकबालले ४० रन जोड्दा उपुल थरंगा ३९ रनमा अविजित रहे । रोहित पौडेल ६ र आरिफ शेख १ रनमा आउट भए । कुशल मल्ल एक रनमा अविजित रहे ।

चितवनका लागि करिम जनतले सर्वाधिक दुई विकेट लिदा सागर ढकाल र भिम सार्कीले एक-एक विकेट हात पारे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *