साफ च्याम्पियनसिप : नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

 ग्लोवल टि.भी.      आइतवार, अशोज २४, २०७८      0

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन । तर, सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासका साथ मैदान उत्रनेछ । भारतविरुद्धको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।

प्रतियोगिताका २ खेलमा ६ अंक जोडेर नेपाल शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा माल्दिभ्सलाई १–० ले तथा दोस्रोे खेलमा श्रीलंकालाई ३–२ ले हराएको नेपाल तेस्रो जितसँगै फाइनलमा स्थान सुरक्षित गर्ने प्रयासमा छ । तर साफको सबैभन्दा सफल टोली भारत विरुद्धको खेल सहज नहुने नेपालले स्विकारेको छ । अघिल्लो दुई खेलमा अंक बाडेको भारत पनि स्पष्ट ३ अंकको खोजीमा छ । भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा छ । भारत यो प्रतियोगिता ७ पटक जितिसकेको छ ।

भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेलेको छ । जसमा भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । पछिल्लो पटक नेपालले गएको भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *