ग्लोबल टिभि
0
युइएफए नेसन्स लिगको उपाधि फ्रान्सले जितेको छ ।
गएराती सम्पन्न फाइनल खेलमा फ्रान्सले स्पेनलाई २-१ गोल अन्तरले पराजित गर्दै नेसन्स लिगको उपाधि जितेको हो ।
फ्रान्सको जितमा करिम बेन्जमा र किलियन एम्बाप्पेले एक एक गोल गरेका थिए । त्यस्तै स्पेनका लागि मिकेल ओयरजावालले एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा खेलको ६४औँ मिनेटमा स्पेनले गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो । तर खेलको ६६औँ मिनेटमा फ्रान्सले गोल गर्दै खेलमा फर्किएको थियो ।
त्यस्तैपछि खेलको ८० औँ मिनेटमा एम्बाप्पेले निर्णायक गोल गर्दै फ्रान्सलाई जिताएका थिए ।
Post Views: 1,009
Leave a Reply