जर्मनी विश्वकपमा छनोट हुने पहिलो देश बन्यो

 ग्लोबल टिभि      मङ्लबार, अशोज २६, २०७८      0

जर्मनी २०२२ को कतार विश्वकपमा छनोट हुने पहिलो देश बनेको छ ।

युरोपियन विश्वकप छनौटको समूह जे मा रहेको जर्मनीले गएराती नर्थ मसेडोनियालाई ४(० गोल अन्तरले पराजित गर्दै कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

जर्मनीको जितमा जर्मनीको फराकिलो जितमा वेर्नरले दुई गोल गर्दा काई हाभर्टज र जमल मुसियालाले समान एक गोल गरे ।समूह जे मा जर्मनीले ८ खेलमा ७ जित र एक हार सहित २१ अङ्क हासिल गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

युरोपबाट १३ टिम विश्वकपमा सहभागी हुनेमा जर्मनी पहिलो टिम बनेको छ । अन्य देशहरू छनोटकै क्रममा रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *