डेनमार्क बन्यो विश्वकपमा छनोट हुने दोस्रो देश

 ग्लोवल टि.भी.      बुधबार, अशोज २७, २०७८      0

डेनमार्क सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटमा दोस्रो युरोपेली टोली बनेको छ ।

मंगलबार समूह एफमा रहेको डेनमार्कले अस्ट्रियामाथि १–० को जीत हासिल गर्दै प्रतियोगितामा स्थान पक्का गरेको हो ।

जुआकिम माहलेले ५३ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बनेको हो । हालसम्म अपराजित रहेको टोलीको यो छनोट खेलहरूमा लगातार सातौँ जीत थियो रहेको छ ।

शीर्ष स्थानमा रहेको डेनमार्क दोस्रो स्थानमा रहेको स्कटल्याण्डभन्दा ७ अंकले अघि रहेको छ । स्कटल्याण्डले फारो आइल्याण्डलाई १–० ले हरायो भने तेस्रो स्थानमा रहेको इजरायलले मोल्डोभालाई २–१ ले पराजित गर्यो ।

यसअघि, सोमबार जर्मनी विश्वकपमा स्थान पक्का गर्ने पहिलो युरोपेली टोली बनेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *