नेपाल पहिलोपटक साफ फुटबलको फाइनलमा

 ग्लोवल टि.भी.      बुधबार, अशोज २७, २०७८      0

काठमाडौँ : नेपाल पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधवार माल्दिभ्समा सम्पन्न राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपाल सात अंकका साथ फाइनल प्रवेश गरेको हो ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको थिएन । बंगलादेशविरुद्ध बराबरीको नतिजाले नेपाल पहिलो पटक साफको फाइनलमा पुगेको हो ।

साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो । बुधवार नै भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । दुवै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छन् ।

फाइनलका लागि माल्दिभ्सलाई बराबरीले पुग्नेछ । भारतलाई भने जितको विकल्प छैन । पाँच राष्ट्र सहभागी प्रतियोगिताबाट श्रीलंका भने बाहिरिसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *