श्रीलंका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश

 ग्लोवल टि.भी.      बिहिबार, कार्तिक ४, २०७८      0

श्रीलंका युएई र ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ मा पुगेको छ ।

आबुधाबीमा गएराति आयरल्याण्डलाई ७० रनले पराजित गर्दैे लगातार दोस्रो जितसँगै श्रीलंका सुपर १२ मा पुगेको हो । श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो ।

आयरल्याण्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन बनाए । कर्टिस क्याम्फरले २४ रन बनाउदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।आयरल्याण्डलाई सस्तैम समेट्न श्रीलंकाका महेश थिकसानाले ३ तथा लाहिरु कुमारा र चामिका करुनारत्नेले २-२ विकेट लिए ।यस अघि पहिले ब्याटिङ श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले ७१ ,पाथुम निशान्काले ६१ र कप्तान डसुन शनकाले अविजित २१ रन बनाए ।

आयरल्याण्डका जोस लिट्टलले ४ तथा मार्क एडीयरले २ विकेट लिए । पहिलो चरणको समूह ए मा श्रीलंकाले २ खेलमा ४ अंक जोडेर सुपर १२मा स्थान सुरक्षित गरेको हो । । आयरल्याण्ड २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *