झापामा बडी बिल्डिङ प्रतियोगिता हुने

 ग्लोबल टिभि      शनिबार, मंसिर ४, २०७८      0

झापामा प्रदेशस्तरीय वडी बिल्डिङ च्याम्पेनसिप हुने भएको छ । शनिवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रदेशस्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पेनसिप आयोजना गरिएने जानकारी दिएको हो ।

प्रतियोगितामा एक सय महिला र पुरुष खेलाडीले प्रतिस्प्रधा गर्नेछन् । प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजीमाथि तौल समूहको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने छ । प्रतियोगिताका च्याम्पियनले तीन लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै फष्ट र सेकेण्ड रनरपले दुई लाख र एक लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल आयोजक समिति संयोजक राम दाहालले जानकारी दिए ।
खेल क्षेत्रको माध्यमबाट स्वास्थ्य रहन प्रेरित गर्न र खेलप्रतिको मोह बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिए ।
कोरोनाका कारण पछिल्लो २ बर्षदेखि कुनैपनि प्रतियोगिता हुन नसकेकोले नयाँ खेलाडी उत्पादन र प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक राम दाहालले जानकारी दिए ।
नयाँ खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिने भएकाले राष्ट्रिय तथा अन्तर्राष्टियस्तरका खेलाडीले प्रतियोगतामा सहभागी हुन नपाउने बताइएको छ । खेलाडीलाई प्रतियोगितामा सहभागी हुन तयारीका लागि कम्तीमा ९० दिन लाग्ने भएकाले प्रतियोगिताको मिति तय गरिएको अयोजकका समितिका सचिब ध्रुबराज निरौलाले जानकारी दिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *