ए डिभिजन लिग-आर्मी र पुलिसले १–१ गोलको बराबरी

 ग्लोबल टिभि      सोमवार, मंसिर ६, २०७८      0

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले एक–एक गोलको बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा आज सोमवार भएको पहिलो खेलमा नेपाल प्रहरीका सन्तोष हेमरामले खेलको ५१ औँ मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । तर आर्मीका विवेक बस्नेतले ६१ औँ मिनेटमा गोल फर्काएपछि खेल एक–एक गोलको बराबरीमा सकियो । बराबरीपछि अङ्क तालिकामा दुवै टोलीको समान एक–एक अङ्क भएको छ । यस्तै दोस्रो खेलमा बेलुका पौने ५ बजे मच्छिन्द्र एफसी र न्युरोड टिम (एनआरटी) खेल्नेछन् । यसअघि हिजो भएको खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लब विजयी भएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *