युभेन्ट्सलाई ४-० ले हराउँदै चेल्सी नकआउट चरणमा

 ग्लोबल टिभि           0

 

एजेन्सी, काठमाडौं ८ । इंग्ल्स क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सलाई ४-० ले पराजित गर्दै चेल्सी समूह एचबाट नकआउट चरण पुग्ने दोस्रो टोली बन्यो ।

यसअघि नै युभेन्ट्सले नकआउट चरणमा स्थान बनाइसकेको छ ।
घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीलाई शानदार जित दिलाउन ट्रेभो चालाबाहले २६औं, रिस जेम्सले ५५औं, कलुम हड्सन ओडोईले ५८औं र टिमो वर्नरले इन्जुरी टाइममा गोल गरे ।

जितपछि ४५ खेलबाट युभेन्ट्स समान १२ अंक जोडेको चेल्सी गोलअन्तरमा अघि रहँदै शीर्ष स्थानमा उक्लेको छ ।

यस समूहका अन्य दुई टिम जेनिथ सेन्ट पिटर्सवर्ग र माल्मो भने समूह चरणबाटै बाहिरिएका छन् । दुवैल १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *