१० मध्ये ९ पुरुष फिफा रेफ्रीले एन्फा समक्ष सामूहिक राजीनामा

 ग्लोबल टिभि      बिहिबार, मंसिर १६, २०७८      0

 

काठमाडौं, मंसिर १६ गते । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी ए डिभिजन लिग खेलाइरहेका ९ जना रेफ्रीले राजीनामा दिएका छन् ।

नेपालमा रहेका १० मध्ये ९ पुरुष फिफा रेफ्रीले एन्फा समक्ष सामूहिक राजीनामा दिएका हुन् । लिग चल्दै गर्दा फिटनेस टेष्ट लिनुपर्ने एन्फाले बाध्यकारी दबाब दिएपछि रेफ्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।
पछिल्लो पटक सेप्टेम्बर २३ मा फिटनेस टेष्ट दिएका रेफ्रीलाई डिसेम्बर २३ मा अर्को टेष्ट दिन एन्फाले निर्देशन दिएको थियो ।

रेफ्रीले लिग चल्दा चल्दै टेस्ट दिन नसकिने र गर्नैपर्ने भए लिग रोकेर तयारीको समय दिनुपर्ने माग राखेका छन् ।

आफूहरुले माग राख्दा एन्फा नेतृत्व त्यसका लागि तयार नभएकोले राजीनामा दिएको उनीहरुको भनाई छ । यसअघिका वर्षहरुमा वर्षको एकपटक फिटनेस टेष्ट गरिदै आएकोमा यसपटक रेफ्री माथि दबाब बढाइएको उनीहरुको आरोप छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *