तेस्रो फिदिम नगर कप मंसिर २८ देखि हुने

 ग्लोवल टि.भी.      आइतवार, मंसिर १९, २०७८      0

पाँचथरको रानिटारमा हुने तेस्रो संस्करणको फिदिम नगर कप फुटवल प्रतियोगिता मंसिर २८ देखि सुरू हुने आयोजक स्वतन्त्र क्लबले जनाएको छ । फिदिममा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारि दिएको हो ।

पुस ३ गते सम्म आयोजना हुने प्रतियोगितामा भारतको पाण्डा क्लब सिक्किम,चर्च ब्वाईज क्लक काठमाण्डौं,कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङ,योङ ब्वाई फुटबल क्लब ईलाम,अलईन वान सैनिक क्लब झापा, रेडस्टार फुटवल क्लब बिर्तामोड झापा, पाँचथर क्लब पाँचथर र आयोजक स्वतन्त्र क्लबको सहभागिता रहने छन् ।

८ टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले १ लाख ५० हजार प्राप्त गर्ने र उपविजेता टिमले ८० हजार प्राप्त गर्ने स्वतन्त्र क्लबका अध्यक्ष बलबहादुर गुरूङले जानकारि दिए ।

रानिटारको बराजु रङशालामा सञ्चालन हुने प्रतियोगितामा करिब ९ लाख खर्च हुने गुरूङले जानकारि दिए । प्रतियोगिको प्रबद्धकको रूपमा फिदिम नगरपालिका रहेको छ । प्रतियोगिताको सहआयोजक रानिटार युनाईटेड रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *