लुम्बिनीले हात पार्यो यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि

 ग्लोबल टिभि      आइतवार, मंसिर १९, २०७८      0

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आइतबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ११३ रनले हराउँदै लुम्बिनीले उपाधि उचालेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको २१४ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले २८ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९९ रन बनायो ।
सुदूरपश्चिम प्रदेशका लागि लोकेश बमले सर्वाधिक २५ रनको योगदान गरे । त्यस्तै खडक बोहोराले २१ रन जोड्दा शेर मल्ल्लले १५ रनको योगदान गरे ।
बलिङतर्फ लुम्बिनी प्रदेशका लागि अजय चौहानले सर्वाधिक ५ विकेट लिए । ५ ओभर ३ बल बलिङ गरेका उनले २० रन खर्चे ।त्यस्तै दुर्गेश गुप्ताले तीन विकेट लिँदा मोहम्द हुशेनले दुई विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।
लुम्बिनीका लागि ९५ बल खेलेका देवले ५ चौका र ४ छक्काको सहयोगमा ७० रनको अर्धशतकीय पारी खेले । ६९ बल खेलेका विशालले ४ चौका र २ छक्काको सहयोगमा ५१ रनको योगदान गरे ।

लुम्बिनीका लागि दुर्गेश गुप्ताले ३२ रन बनाउँदा प्रज्वल थापाले २४ रन जोडे ।
बलिङतर्फ सुदूरपश्चिमका लागि आकाश चन्दले सर्वाधिक तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४७ रन खर्चिए । शेर मल्ल र हेमन्त धामीले समान दुई–दुई विकेट लिए । नरेन साउँद र राहुल भण्डारीले समान एक–एक विकेट लिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *